National life

ग्लोबल आइएमई बैंकका ग्राहकले मेट्रो मार्टमा छुट पाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
543Shares
ग्लोबल आइएमई बैंकका ग्राहकले मेट्रो मार्टमा छुट पाउने
ncell

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका ग्राहकलाई मेट्रो मार्टका काठमाडौं उपत्यकाभित्रका स्टोरहरुबाट सामान किन्दा स्मार्ट क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” बाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइनेछ । यो योजनामा एकपटकको खरिदको रु. २०० सम्म र योजना अवधिभर रु ५०० सम्म छुट पाइनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोलास्थित स्टोरहरुमा लागू हुनेछ ।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?