National life

नेपाल बैंकले ऋण नतिर्ने १० जनाको घरजग्गा लिलाम गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१३ असार २०८०, बुधबार
443Shares
नेपाल बैंकले ऋण नतिर्ने १० जनाको घरजग्गा लिलाम गर्दै
ncell

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने १० जना ऋणीहरुको जग्गा र सोले चर्चेको समपूर्ण लिगलगापात समेत लिलामका लागि १५ दिने सूचना निकालेको छ ।

बैंककाअनुसार कर्जाहरुको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा र सोले चर्चेको समपूर्ण लिगलगापात समेत जेजस्तो अवस्थामा छ, सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम गर्न लागिएको हो । सूचना प्रकाशित भएको १५ दिनमा गप्य शिलबन्दीमार्फत घरजग्गा खरिद गर्न चाहनेले बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले प्रकाशित गरेको सूचनाकाअनुसार टीकापुर शाखाबाट शाही जिमे ट्रडर्सले लिएको कर्जाको सुरक्षणमा रहेको कैलालीको साविक टिकापुर नगरपालिका वडानम्बर ९ स्थित कित्ता नम्बर ५०३ रहेको ३३२.६७ वर्गमिटर क्षेत्रफलको जग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत लिलाम हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, खैरेनीटार शाखाबाट ऋण लिने महत कृषि तथा पशुपालन फर्मको सुरक्षणमा रहेको तनहुँको साविक उदेनढुंगा–१- घ को २३२ कित्ता नम्बरको ०–१२–०–० रोपनी जग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत लिलाम गरिनेछ ।

बैंकको कावासोती शाखाबाट ऋण लिने एस.पी मोबाइल सर्भिस सेन्टर तथा मनकामना कस्मेटिक एण्ड श्रृंगार हाउसको सुरक्षणमा रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्र्यौली वडा नम्बर ३ स्थित ११०६ कित्ता नम्बर रहेको ०–०–६–२५ बिगाहा जग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत लिलाम गरिनेछ ।

त्यस्तै, गौशाला शाखाबाट ऋण लिने उमा ज्वेलर्सको सुरक्षणमा रहेको महोत्तरी जिल्ल साबि ५ नम्बर बहादुरगञ्ज वडा नम्बर ३ स्थित कित्ता नम्बर २१९ रहेको ०–२–१.२५ बिगाहा जग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत, बिर्तामोड शाखाबाट ऋण लिने टेकराज प्याकुरेलको सुरक्षणमा रहेको झापाको अनामनी वडा नम्बर ३ स्थित कित्ता नम्बर ११८ रहेको ११८.५१ वर्गमिटर जग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत, सिराहा शाखाबाट ऋण लिने शिव शम्भु इन्टरप्राइजेजको सुरक्षणमा रहेका सिराहाको साबिक मैजा सिराहा–४ स्थित कित्ता नम्बर १६९० रहेको ०–०–६ बिगाहा, १६८६ कित्ता नम्बर रहेको ०–०–०–१३ बिगाहा, १५० कित्ता नम्बर रहेको ०–०–१२–५ बिगाहा र १११ कित्ता नम्बर रहेको ०–०–८ बिगााहा जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत र सिराहाकै मैजा सिराहा वडा नम्बर २ स्थित कित्ता नम्बर १४२ र १४३ रहेको क्रमशः ०–०–६.२५ र ०–०–२ बिगाहा जग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत लिलाम गरिने बैंकले जनाएको छ ।

सिराहा शाखाबाटै ऋण लिने सुरज जनरल स्टोर्स किराना पसलको सुरक्षणमा रहेको सिराहाको साबिक मौजे महिसोधा–२ स्थित कित्ता नम्बर ३३४४ रहेको ०–०–७ स्थित घरजग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत बैंकले लिलाम गर्दैछ । सिराहा शाखाबाट नै ऋण लिने गायत्री जेनरेल स्टोर्सको सुरक्षणमा रहेको सिराहाको साबिक अर्नमा प्र.पि–८ स्थित कित्ता नम्बर ३४० रहेको ०–१–१८ बिगाहा क्षेत्रफल रहेको जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत लिलाम गरिने बैंकले जनाएको छ ।

त्यस्तै, श्रीपुर शाखाबाट ऋण लिने योजना पशुपालनको सुरक्षणमा रहेको पर्साको साबिक मसिहानी वडा नम्बर ७ मा रहेको कित्ता नम्बर १००८ को ०–०–१५–० बिगाहा क्षेत्रफल रहेको र मसिहानी–७ कै ९७४ कित्ता नम्बर रहेको ०–०–१७.५ बिगाहा क्षेत्रफल रहेको जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत लिलाम गरिने बैंकले जनाएको छ ।

सँगै माइस्थान शाखाबाट ऋण लिने रामसुन्दर चौधरीको सुरक्षणमा रहेको बारा जिल्ला साबिक रामपुर्वा–५ मा रहेको कित्ता नम्बर ७८ भएको ०–११–१८.५ बिगाहा क्षेत्रफल रहेको जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत लिलाम गरिने नेपाल बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
443SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?