काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
जसमा कम्पनीको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको आजको अन्तिम कारोबार मूल्य ४६३ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ ।
समायोजन पश्चात् कम्पनीको मूल्य ४४९.५१ रुपैयाँ कायम भएको छ ।अब बुधवार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।


































