National life

पुरानो लाभांश बुझिलिन शेयरधनीहरुलाई हिमालयन बैंकको आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ साउन २०८०, आइतबार
758Shares
पुरानो लाभांश बुझिलिन शेयरधनीहरुलाई हिमालयन बैंकको आग्रह
ncell

काठमाडौं । हिमालयन बैंक लिमिटेड साविक सिभिल बैंकका शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०५०/५१ देखि २०७४/७५ सम्मको नगद लाभांश लिन आउन बाँकी रहेका शेयरधनीहरुलाई आग्रह गरेको हो ।

लाभांश लिनका लागि शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र, विवरण, आवश्यक कागजात लिएर हिमालयन क्यापिटल लिमिटेड ठमेल र कर्मचारी संचयकोष भवन काठमाडौंमा सम्पर्क गरी लिनुपर्ने बैंकले जनाएको छ । लाभांश लिन बाँकी रहेका शेयरधनीहरुले सुचना प्रकाशित भएको १ महिनाभित्र नगद लाभांश रकम भुक्तानी लिन बैंकले आग्रह गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

१० वर्ष वा सोभन्दा बढी समयदेखि सञ्चालनमा नरहेको खाताहरु र ५ वर्षभन्दा अघिदेखि लाभांश लिन नआएका ग्राहकहरुको नामसहितको विवरण बैंकको वेबसाइटमा राखेको बैंकले जनाएको छ ।

बैंकले तोकेको यस समयभित्र पनि लाभांश बुझिलिन नआएमा कम्पनी ऐन अनुसार प्रक्रिया अगाडी बढ्ने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
758SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?