काठमाडौँ। प्रभु बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा प्रधान कार्यालय बबरमहलमा सभा सम्पन्न भएको हो।
सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व.
२०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।
बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको गत आ.व. २०८१/८२ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।
प्रभु बैंकले देशभर ६८ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, २६९ वटा एटिएम तथा ३१२ वटा शाखा कार्यालयहरु सहित देशभर फैलिएको बैंकिङ्ग सञ्जालबाट ३७ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।


































