National life

वाणिज्य बैंकहरुले निक्षेपको व्याज दर घटाए, कसको कती ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
433Shares
वाणिज्य बैंकहरुले निक्षेपको व्याज दर घटाए, कसको कती ?
ncell

विभिन्न वाणिज्य बैंकहरुले निक्षेपको ब्याज दर घटाएका छन्। कात्तिक १ गतेदेखि लागू हुने गरी बैंकहरुले निक्षेपको ब्याज दर घटाएका हुन्।

नयाँ महिनामा लागू हुने ब्याज दर अघिल्लो महिनाको मसान्तभित्रै प्रकाशित गरिसक्नु पर्ने नियामकीय व्यवस्था अनुसार, बैंकहरुले निक्षेपको व्याजदर घटाएको सूचना प्रकाशन गरेका छन् ।

मंगलबार राष्ट्रिय अखबारमा सार्वजनिक सूचना जारी गरी सबै बैंक तथा वित्तीय संस्थाहरुले ब्याज दर घटाएको जानकारी दिएका हुन्। यद्यपि एकाध बैंकले अझै व्याज बढाएरै राखेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि सिण्डिकेट जस्तो सहमतिमा तोकिँदै आएको ब्याज साउन १ गतेदेखि खुला गरिएको थियो । त्यसरी खुला मार्ग पाएपछि अधिकांश बैंकले निरन्तर व्याज बढाइरहेका थिए।

बैंकहरुमा स्थानीय तहको गरी ६ खर्ब रुपैयाँ थुपिदासमेत निक्षेपको ब्याज दर घटाउने प्रयत्न गरेका थिएनन् । अहिले तरलता बढ्दै गएर थप लागतभार खेप्नुपर्ने अवस्था सिर्जना भएपछि बैंकहरु व्याजदर घटाउन बाध्य भएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
433SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?