National life

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाको सेवामा छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ असार २०८०, सोमबार
620Shares
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाको सेवामा छुट
ncell

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले विभिन्न संस्थाको सेवामा विशेष छुट पाउने भएका छन् ।

बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले विशालनगर, काठमाडौंमा अवस्थित एरोगिन हेल्थ केयरका विभिन्न सेवाहरुमा पाँचदेखि अधिकतम ४५ प्रतिशत, इटहरी, सुनसरीमा अवस्थित होटल पाथिभरा इन्टरनेशनलका सेवाहरुमा १० प्रतिशत, मैतिदेवी काठमाडौंमा अवस्थित बुईगल लाउञ्ज एण्ड बारका सेवाहरुमा १५ प्रतिशत, लाजिम्पाट, काठमाडौंमा अवस्थित एलो हाईटीका सेवाहरुमा अधिकतम १० प्रतिशत, इटहरी ०६, सुनसरीमा अवस्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका सेवाहरुमा अधिकतम १० प्रतिशत र मैतिदेवी, काठमाडौंमा अवस्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?