National life

राष्ट्रिय वाणिज्य बैंककाे नयाँ ब्याजदर सार्वजनिक, साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटायो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
590Shares
राष्ट्रिय वाणिज्य बैंककाे नयाँ ब्याजदर सार्वजनिक, साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटायो
ncell

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले यसअघि दिँदै आएको ब्याजदरमा केही घटाउँदै साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकले ३ महिनादेखि ५ वर्षसम्मको साधारण र विशेष व्यक्तिगत मुद्दती निक्षेपमा ८.९९ प्रतिशत ब्याजदर दिने भएकाे छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै ६ महिनादेखि ५ वर्षसम्मको साधारण र विशेष मुद्दती निक्षेपमा ६.९९ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

बैंकले ३ महिनादेखि ३ वर्षसम्मको राष्ट्रिय वाणिज्य बैंक रेमिट्यान्य मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र ३ महिनादेखि २ वर्षसम्मको राष्ट्रिय वाणिज्य बैंक मुद्दती निक्षेप (राष्ट्रिय गौरब आयोजना प्रभावितहरुका लागि मात्र)का लागि ८.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले सामान्य बचत खातामा ४.८६ प्रतिशत ब्याजदर तोकेको छ भने अन्य बचत निक्षेपमा ६.६६ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले राष्ट्रिय वाणिज्य बैंक रेमिट्यान्स बचत खातामा ७.६६ प्रतिशत ब्याज दिने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?