National life

लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो साधारण सभा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
881Shares
लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो साधारण सभा
ncell

काठमाडौं । सानिमा बैंक लिमिटेडले १९औं वार्षिक साधारण सभा आब्हान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको हो ।

उक्त सभा बैंकले कात्तिक २ गते, कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौंमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५ दशमलव ७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु सभाले पारित गर्नेछ।

बैंकले साधारण सभा प्रयोजनार्थ बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । असोज २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा भाग लिनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन्

यो समाचार शेयर गर्नुहोस्
881SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?