National life

लुम्बिनी विकास बैंकले गर्‍यो ऋणपत्र बाँडफाँड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
689Shares
लुम्बिनी विकास बैंकले गर्‍यो ऋणपत्र बाँडफाँड
ncell

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले जेठ १६ गतेदेखि २५ गतेसम्म विक्री गरेको ऋणपत्र जेठ ३२ गते बाँडफाँड गरेको हो ।

बैंकले ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत एलबिबिएल डिबेञ्चर २०८९’ नामको ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले १ अर्ब बराबरको १० वर्ष अवधिको ऋणपत्रमध्ये ६० प्रतिशत दरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरूमा विक्री गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै ४० प्रतिशत दरको ४ लाख कित्ता ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानीकोषका लागि र बाँकी ३ लाख ८० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड गरेको छ ।

साथै व्यक्तिगत तवरबाट दरखास्त दिने आँशिक बाँडफाँडमा परेका आवेदकहरुको फिर्ता भुक्तानी रकम असार ४ गतेबाट आइपिएस मार्फत फिर्ता भुक्तानी गरिने समेत बैँकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
689SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?