काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुमन आचार्यलाई नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको असार २४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैंकका अनुसार आचार्य साउन १ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्। उनलाई चार वर्षका लागि सीईओको जिम्मेवारी दिइएको जनाइएको छ।
































