काठमाडाैं । सानिमा बैंक लिमिटेडले २ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर लिलामी मार्फपत बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद आवेदन पाउनेछन् । बैंकले बिक्रीमा ल्याएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ ।
यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
यो सेयरमा इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ । खरिद आवेदन बैंकको काठमाण्डौको नक्साल नारायणचौरस्थित केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ ।















![सानिमा बैंकले पायो [CARE-NP] A- (Is) रेटिङ](https://api.aarthikvoice.com/storage/posts/सानिमा-बैंकले-पायो-care-np-a-is-रेट-86571.jpg)


















