National life

सानिमा बैंकले ल्यायाे सानिमा ५ इन १ खाता सेवा सञ्चालनमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ साउन २०८०, शुक्रबार
557Shares
सानिमा बैंकले ल्यायाे सानिमा ५ इन १ खाता सेवा सञ्चालनमा
ncell

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा ५ इन १ खाता सेवा सार्वजनिक गरेको छ ।

सानिमा ५ इन १ खाता सेवा, सानिमा ३ इन १ खाताको परिष्कृत सेवा हो । यस अन्तर्गत ग्राहकहरुले बचत खाता, डिम्याट खाता, शेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहकहरुले बैंकको वेवसाइटमा उपलब्ध छ ष्ल ज्ञ अनलाइन प्लेटफर्म प्रयोग गरी बचत खाता (नयाँ ग्राहकका लागि), डिम्याट खाता, सि आस्वा, मेरो शेयर र दोस्रो बजारबाट शेयर खरिद तथा बिक्री गर्ने शेयर ट्रेडिङ खाता सहजै खोल्न सक्ने बैंकले जनाएको छ ।

सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो । सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?