National life

सिटिजन्स बैंकका ग्राहकलाई धनुषाका विभिन्न संघ संस्थामा विशेष छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ साउन २०८०, बिहिबार
448Shares
सिटिजन्स बैंकका ग्राहकलाई धनुषाका विभिन्न संघ संस्थामा विशेष छुट
ncell

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरु संग सम्झौता गरी बिशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्था हरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन ।

बैंकका ग्राहकहरुले जनकपुरधाम, धनुषामा अवस्थित होटल राजदरबार एण्ड नवरगं रिसोर्ट, होटल वेलकम, होटल सितासरण, सितासरण होटल एण्ड प्लाजा, लिटिल मोर रेष्टुरेन्ट एण्ड क्याफे, होटल प्रफेक्ट प्लाजा, निरोग्य क्लिनीक एण्ड रिसर्च सेन्टर तथा बुद्ध डायबिटिक एण्ड थाइरोइड केयरका सेवाहरुमा १०प्रतिशत देखी ५०प्रतिशत सम्मको छुट प्राप्तगर्न सक्ने छन ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्तगर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४६ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
448SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?