National life

सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच समझदारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ असार २०८०, शुक्रबार
482Shares
सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच समझदारी
ncell

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच सम्झौता भएको छ । सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटमा २०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?