National life

हिमालयन बैंकको मुनाफा ५७.५३ ले % वृद्धि ,अन्य सूचांक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ माघ २०८०, आइतबार
560Shares
हिमालयन बैंकको मुनाफा ५७.५३ ले % वृद्धि ,अन्य सूचांक कस्ता ?
ncell

काठमाडौँ । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको मुनाफा ५७.५३ प्रतिशतले बढेर १ अर्ब ५० करोड ३९ लाख ७४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ९५ करोड ४७ लाख ४ हजार रुपैयाँ रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा समेत उल्लेख्य वृद्धि भएको छ । कम्पनीको खुद ब्याज आम्दानी ५९.५० प्रतिशतले बढेर ५ अर्ब ८२ करोड ९४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको संचालन नाफा २ अर्ब २१ करोड १७ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५९.२० प्रतिशतले बढी हो । गत आर्थिक वर्षका कम्पनीको उक्त नाफा १ अर्ब ३८ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्ममा बैंकको खराब कर्जा ४.९५ प्रतिशत, वितरणयोग्य नाफा १ अर्ब २८ करोड ऋणात्मक, चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ र जगेडा कोषमा १७ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा र प्रतिशेयर नेटवर्थ १६२.१७ रुपैयाँ छ ।

 

यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?