हेटौँडा । हेटौँडामा नेपाल बैंक लिमिटेडको एटीएम तोडफोड भएको छ । हेटौँडाको सानोपोखरा शाखामा रहेको एटीएम गएराति तोडफोड भएको हो ।
एटीएमसँगै रहेको पुडासैनी हार्डवेयरमा पनि तोडफोड भएको पाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
एटीएम र हार्डवेयर पसल तोडफोड भएको जानकारी पाउनासाथ प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वामदेव गौतमले बताए ।


































