काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को अध्यक्ष पदमा सुरेन्द्र राज रेग्मी नियुक्त भएका छन् । बैंकको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका तर्फबाट प्रतिनिधित्व गर्दै निफ्राको सञ्चालक समितिमा सहभागी रहेका थिए । अब उनी अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् ।
उक्त बैठकले यसअघि अध्यक्ष तथा सञ्चालकको रूपमा कार्यरत अनुज अग्रवालले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । अग्रवाल विशाल ग्रुपको प्रतिनिधित्व गर्दै निफ्रामा आबद्ध थिए ।
उनको राजीनामापछि विशाल ग्रुप लिमिटेडको तर्फबाट दीपक कुमार अग्रवाललाई नयाँ सञ्चालक सदस्यका रूपमा नियुक्त गरिएको छ । कम्पनीका अनुसार उनको नियुक्ति जेठ २७ गतेदेखि नै लागू हुनेगरी गरिएको हो ।
यससँगै बैंकको सञ्चालक समितिमा नेतृत्व परिवर्तन भएको छ र नयाँ व्यवस्थापन संरचनासहित निफ्राले आगामी रणनीति अघि बढाउने अपेक्षा गरिएको छ ।


































