National life

आजबाट निफ्राको ५ अर्ब बराबरको ऋणपत्र बिक्रीमा, कसरी दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ जेठ २०८२, आइतबार
824Shares
आजबाट निफ्राको ५ अर्ब बराबरको ऋणपत्र बिक्रीमा, कसरी दिने आवेदन ?
ncell

काठमाडौँ – आज जेठ १८ गतेबाट नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गरेको छ।

बैंकले १ हजार रुपैयाँको अंकित दरले ५० लाख इकाई ऋणपत्र जारी गरेको हो। यसमध्ये ३० लाख इकाई व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकीको २० लाख  इकाई सर्वसाधारणका लागि निष्कासन गरेको छ ।  यसबाट १ लाख  ऋणपत्र सामूहिक लगानी कोषको लागि छुट्ट्याइएको हो।

निफ्राले ७ वर्षे अवधिको ६ प्रतिशत निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८र८९ नामकको ऋणपत्र निष्कासन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसबाट बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी उक्त ऋणपत्र खुला गरेको छ।

यस ऋणपत्रमा जेठ २१ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिन्छ।  बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको यस ऋणपत्रमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र  मेरो शेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
824SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?