National life

एनआईसी एशिया इक्विटी अपोर्चुनिटी फण्डमा मागभन्दा बढी आवेदन, आकार १ अर्बसम्म बढाउन सकिने

एनआईसी एशिया क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालन हुन लागेको एनआईसी एशिया इक्विटी अपोर्चुनिटी फण्डमा निष्काशन गरिएको इकाईका लागि मागभन्दा बढी आवेदन परेको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१२ असोज २०८३, सोमबार
333Shares
एनआईसी एशिया इक्विटी अपोर्चुनिटी फण्डमा मागभन्दा बढी आवेदन, आकार १ अर्बसम्म बढाउन सकिने
ncell

काठमाडौं । एनआईसी एशिया क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालन हुन लागेको एनआईसी एशिया इक्विटी अपोर्चुनिटी फण्डमा निष्काशन गरिएको इकाईका लागि मागभन्दा बढी आवेदन परेको छ।

कम्पनीका अनुसार सोमबार साँझ ५ बजेसम्ममा फण्डको प्रारम्भिक आकार रु. ८० करोडभन्दा बढी रकमको इकाई खरिदका लागि आवेदन परिसकेको छ। माग बढेमा स्वीकृत विवरण पुस्तिकामा रहेको व्यवस्थाअनुसार योजनाको आकार रु.

Royal Enfield
nic asia capital
१ अर्बसम्म वृद्धि गर्न सकिनेछ।

फण्डले प्रतिइकाई रु. १० अंकित मूल्यका कुल ८ करोड इकाई निष्काशन गर्ने योजना बनाएको थियो। त्यसमध्ये न्यूनतम १ करोड २० लाख इकाई अर्थात् कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई योजना प्रवर्द्धक एनआईसी एशिया बैंक लिमिटेडका लागि सुरक्षित गरिएको छ। बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारण तथा अन्य योग्य आवेदकका लागि बिक्री खुला गरिएको हो।

इकाई खरिदका लागि २०८३ असोज ७ गतेदेखि असोज १३ गतेसम्म आवेदन दिने समय तोकिएको थियो। मागभन्दा बढी आवेदन परिसकेकाले असोज १३ गते बुधबार बैंकिङ समयपछि इकाई खरिद आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ।

१० वर्ष अवधिको बन्दमुखी योजना

एनआईसी एशिया इक्विटी अपोर्चुनिटी फण्ड १० वर्ष अवधि रहेको छैटौँ बन्दमुखी योजना हो। योजनाबाट संकलित अधिकांश रकम नेपालका धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गरिनेछ।

फण्डले अध्ययन तथा अनुसन्धानका आधारमा भविष्यमा राम्रो प्रतिफल तथा वृद्धि सम्भावना भएका कम्पनीहरू छनोट गरी लगानी गर्ने जनाएको छ।

योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिदका लागि आवेदन दिन सकिने व्यवस्था छ। आवेदन सी–आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय वा ‘मेरो शेयर’मार्फत दिन सकिनेछ।

कसले आवेदन दिन पाउँछन्?

फण्डका इकाई खरिदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचयपत्र) प्राप्त व्यक्ति तथा प्रचलित कानुनबमोजिम दर्ता भएका नेपाली फर्म, संघ–संस्था, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले आवेदन दिन सक्नेछन्।

त्यस्तै, सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोषलगायत विभिन्न वर्ग वा समूहले स्थापना गरेका कोषहरूले समेत योजनाको इकाई खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
333SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?