National life

एनआईसी एशिया क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीले पाए यस्तो रिटर्न

सेयरधनीलाई खुसीको खबर, एनआईसी एशिया क्यापिटलले पारित गर्‍यो ५०% नगद लाभांश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
८ दिन अगाडि|२६ भदौ २०८३, शुक्रबार
1KShares
एनआईसी एशिया क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीले पाए यस्तो रिटर्न
ncell

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न प्रस्ताव पारित गरेको हो ।

सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । साथै, २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् करसहितको नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

सभामा सञ्चालक समितिका अध्यक्ष रुपेश लुईटेलले २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको क्यापिटलले समीक्षा अवधिमा २८ करोड ९८ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको जानकारी दिए । उनका अनुसार सो अवधिमा क्यापिटलले १० करोड ५१ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ ।

व्यवसाय विस्तारतर्फ क्यापिटलले २०८३ असार मसान्तसम्म ८ लाख ६३ हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको जनाएको छ । म्युचुअल फन्ड सेवाअन्तर्गत ४ वटा बन्दमुखी र २ वटा खुलामुखी गरी ६ वटा योजनामार्फत ७ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन भइरहेको छ ।

त्यस्तै, लगानी व्यवस्थापन सेवाअन्तर्गत ७१० जना ग्राहकबाट ३ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको क्यापिटलले जनाएको छ । सेयर रजिष्ट्रार सेवाअन्तर्गत २४ वटा कम्पनीलाई सेवा प्रदान गर्दै आएको छ ।

क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत हालसम्म २५ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न भएको पनि सभामा जानकारी गराइएको छ ।

यसैगरी, १०औँ वार्षिक साधारण सभाबाट पारित ५० प्रतिशत नगद लाभांशसहित क्यापिटलले हालसम्म आफ्ना सेयरधनीलाई कुल ३४० प्रतिशत रिटर्न वितरण गर्न सफल भएको अध्यक्ष लुईटेलले बताए ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?