National life

एभरेष्ट बैंकद्वारा वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
668Shares
एभरेष्ट बैंकद्वारा वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण
ncell

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि.का ५५ भन्दा बढी सदस्यहरुलाई क्यूआर कोड हस्तान्तरण गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वर देवी चौधरीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा उप–प्रमुख चौधरीले एभरेष्ट बैंकको यस वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधरणहलाई सरल तथा सुरक्षित बैंकिङ्ग सुविधा उपलब्ध हुने कुराको विश्वास व्यक्त गरिन् । बैंकका प्रमुख कार्यकारी अधिकृत खलिङले लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीका सर्वसाधारणहरु माझ यसरी वित्तिय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको र यसले सम्पूर्ण त्तिलोत्तमा बसीहरुमा सुरक्षित बैंकिङ्ग गर्न हौसाल मिल्ने बताए ।

नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाउनका साथै नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि.संग आबद्ध ५५ भन्दा बढी चालकहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएकोमा यसले निजहरुलाई नगद कारोबार बाट झन्झट मुक्त हुने र व्यापार प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरी आगामी दिनमा यस्ता गतिविधिलाई थप प्रोत्साहन तथा निरन्तरता दिने उल्लेख गरे ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्र राज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रतीले १०० जना भन्दा बढी टेम्पो तथा इ–रिक्सा चालक र महिला उद्यमी दिदीबहिनीहरुलाई वित्तिय साक्षरता सचेतना प्रदान गरे । सो वित्तिय साक्षरता सचेतना कार्यक्रमा उप्रेतीले स–साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मद्दत पुग्ने कुरा उल्लेख गरे ।

फोन पे को सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाको समेत उपस्थिति रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
668SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?