National life

अनलाइनमार्फत भइरहेको ठगीबाट बच्न आफ्ना ग्राहकलाई नबिल बैंकको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ साउन २०८१, बिहिबार
573Shares
अनलाइनमार्फत भइरहेको ठगीबाट बच्न आफ्ना ग्राहकलाई नबिल बैंकको आग्रह
ncell

काठमाडौँ। नबिल बैंक लिमिटेडले पछिल्लो समय सामाजिक सञ्जालमार्फत भइरहेका विभिन्न ठगीका घटनाका बारेमा ग्राहकहरूलाई सचेत रहन आग्रह गरेको छ ।

बैंकले आज एक सूचना जारी गर्दै अनलाइनमार्फत भइरहेको ठगीबाट बच्न सचेत गराएको हो। टेलिग्राम, फेसबुक लगायत सामाजिक सञ्जालहरूमार्फत अनलाइन जब,अनलाइन ट्रेडिङ र डलर ट्रान्सफर जस्ता कार्यका लागि आकर्षक कमिशन र तलबको प्रलोभन देखाएर ठगी गर्ने घटनाहरू बढ्दै गएको पाइएकाले सचेत रहन बैंकले आग्रह गरेको छ ।

ठगहरूले खातामा रकम ट्रान्सफर गरी अन्य खातामा पठाउन लगाएर खाता ठगी कार्यमा प्रयोग हुन सक्ने भएकाले यस्तो घटनाबाट सतर्क रहन बैंकले आफ्ना ग्राहकलाई सूचित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै बैंकले अज्ञात स्रोतबाट आएका यस्ता प्रलोभनबाट पार्ने भ्रामक सन्देशहरूमा विश्वास नगर्न समेत बैंकले आग्रह गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?