National life
cg eloctronics

बैंकहरुमा पौने ३ अर्ब रकम लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न सूचना 

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
625Shares
बैंकहरुमा पौने ३ अर्ब रकम लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न सूचना 
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले पौने ३ अर्ब रुपैयाँ बढी बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकको विभिन्न कोषहरुमा रहेको २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागिएको हो।

यसका लागि मंसिर १२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेस गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब २९ करोड २२ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४२ करोड ९८ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा १४ करोड ३३ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरिने एक सूचना मार्फत बैंकले जनाएको छ।

यस्तो लगानी आउँदो पुस १ गतेदेखि २०८१ मंसिर ३० गतेसम्मका लागि हुने पनि राष्ट्र बैंकले प्रस्ट पारेको छ। मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको केही सर्तहरु भने पालना गरेको हुनुपर्नेछ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?