National life

आगामी मौद्रिक नीति कस्तो हुनु पर्ला ? यस्तो छ शेयर लगानीकर्ताको सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ असार २०८१, आइतबार
1.3kShares
आगामी मौद्रिक नीति कस्तो हुनु पर्ला ? यस्तो छ शेयर लगानीकर्ताको सुझाव
ncell

काठमाडौँनेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१ र ८२ को मौद्रिक नीति बनाउने प्रक्रियालाई अगाडी बढाएको छ । आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्‍याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।

मौद्रिक नीति तयारीका विषयमा केन्द्रीय बैंकले विभिन्न निकायसँग निरन्तर रूपमा छलफललाई अगाडि बढाएको छ । आगामी मौद्रिक नीति कस्तो हुनुपर्छ भन्ने राय सुझावका लागि सरोकारवाला निकायसँग बैंकले राय सुझाव संकलन गर्ने कामलाई अगाडि बढाएको छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
असार २६ गतेभित्र मौद्रिक नीतिका विषयमा सुझाव दिन सकिने गरी केन्द्रीय बैंकले सुझावको माग गरेको छ । सामान्यतया मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्‍याउने उद्देश्य राखेको हुन्छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आगामी मौद्रिक नीतिमा सरोकारवाला निकायहरूसँग आवश्यक छलफलको माध्यमबाट खुला मौद्रिक नीति ल्याउनेमा अभ्यासमा आफू लागि परेको बताउँदै आएका छन्। उनले नेपालको लगानी,पुँजीगत खर्च उत्पादनशील नभएको समेत बताउँदै आएका छन् । उनले लगानी उत्पादनशील बनाउनको लागि राष्ट्र बैंकले लिएका नीति अनुसार बैंकको लगानी सही ठाउँमा सदुपयोग गर्न आवश्यक रहेको समेत बताउँदै आएका छन् । 

सोही सन्दर्भमा आगामी मौद्रिक नीति कस्तो होस् भन्ने अपेक्षा गर्नुभएको छ भनेर आर्थिक भ्वाइसले इन्भेष्टर्स फोरमका प्रथम उपाध्यक्षमा राजन लम्साल र नेपाल पुँजी बजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेललाई सोधेका छौं ।

     नेपाल पुँजी बजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेल

नेपाल पुँजी बजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेलले आगामी मौद्रिक नीति लगानीकर्ताको पक्षमा सहजता ल्याउने किसिमले ल्याउनुपर्ने बताएकी छिन् । अघिल्लो मौद्रिक नीतिले बजारको विकासका लागि अपेक्षाकृत सम्बोधन गर्न नसकेको भन्दै आगामी मौद्रिक नीतिले विगतको कमजोरी नदोहोर्‍याउने कुरामा आफू आशावादी रहेको बताएकी छिन् ।

कुनै पनि देशको पुँजी बजारलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा हेरिने कुरा सम्बन्धित निकायले बिर्सन नहुने भन्दै  वि.स. २०३३ साल देखि औपचारिक सुरुवात भएको नेपालको पुंजीबजार चार दशक सम्म पनि अन्तर्राष्ट्रिय मापदण्ड हुन नसक्नु विडम्बनापूर्ण रहेको बताएकी छिन् ।

पुँजी बजारमा ६२ लाख लगानीकर्ताहरू रहेको परिप्रेक्षमा सम्बन्धित नियामक निकायहरूले गहिरिएर सोच्न आवश्यक रहेको बताएकी छिन् । मौद्रिक नीति पुँजी बजारको विकास र विस्तारमा सहयोगी हुनुपर्ने धारणा व्यक्त गर्दै सङ्कुचित नीतिका कारण उद्यमी व्यवसायीहरूको आत्मविश्वासमा कमी आएको सम्बन्धित निकायले मनन गर्नुपर्ने धारणा राखेकी छिन् ।

अध्यक्ष पोखरेले आगामी मौद्रिक नीतिमा सेयर कर्जामा लगाइएको क्याप हटाउनु पर्ने , भारित औषत हाल १२५ कायम रहेकोमा १०० कायम गरी पटक पटक परिवर्तन नहुने नीति नियम बनाउनु पर्ने ,बैंक तथा वित्तीय संस्थालाई दोश्रो बजारमा सहज कारोबारको व्यवस्था मिलाउने, सेयर धितो कर्जाको सीमा ८० प्रतिशत पुर्‍याउने व्यवस्था गर्ने र सेयर लोनमा लगाइएको चर्को बैंक ब्याज घटाइनु पर्नेमा ध्यान पुग्नुपर्ने बताएकी छिन्।

    शेयर लगानीकर्ताहरुको साझा संगठन नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल

मौद्रिक नीतिको सवालमा कुरा गर्दै गर्दा मेरो अभ्यास, झुकाव र प्रयासहरू अलिबढी स्टक बजारमा केन्द्रित छ । स्टक बजारसँग यहीँ विषयलाई लिएर हेर्ने हो भनेपनी हामीले राष्ट्र बैंकसँग केही अपेक्षा गर्दै आएको छौ र केही डिमान्डहरू समेत राख्दै आएका छौ । मुख्यतया जुन जोखिम भारको विषय छ पहिले सय मात्रै थियो गभर्नर महाप्रसाद अधिकारीको आगमन पश्चात् त्यसलाई १५० मा पुर्‍याउने काम भयो बिचमा निरन्तरको दबाब र ठिक ढंगको आलोचनाको कारण अलिकति घटाएर १२५ मा लिएको अवस्था छ ।

हाम्रो चाहाना वा चाहेको अवस्था भनेको एक सय नै हो यो रेसियो कायम गर्दा लगानीकर्तालाई राहत हुनुको साथै शेयर बजारमा लगानीको मात्रा बढ्न जान्छ भन्ने हाम्रो धारणा हो । अहिले कुनैपनी सेक्टरमा हेर्नुस् जोखिम भार सय भन्दा माथि राखिएको अवस्था छैन । तर शेयर बजारमा यो कायम हुनु लगानीकर्ता निरुत्साहित पार्ने प्रयासमा निरन्तर लागिपर्नु हो भन्ने हाम्रो बुझाई छ ।

जोखिम भार बढी भएकै कारण बैंकले लोन दिन कन्जुस्याइँ गरेको देखिन्छ । त्यसकारण हाम्रो माग आजपनी जोखिम भार सय नै हुनुपर्छ भन्ने हो । मौद्रिक नीति आउँदै गर्दा अहिले जुन चार, बाह्रको नीति १५, २० पुर्‍याउनुभएको छ लोन लिने सीमा जसरी कायम गर्नु भएको छ त्यो सीमालाई समेत अन्त्य गर्नुपर्छ भन्नेमा हामी मेजर रूपमा हेरिरहेका छौ । म दोहोराएर भन्छु की आगामी मौद्रिक नीतिमा शेयर बजारको हकमा कम्तीमा पनि पुरानै व्यवस्थामा जे र जति थियो त्यहीँ नै कायम गरिनुपर्छ भन्ने नै हो ।

यदि यसो गर्न सकेको खण्डमा बजार थप चलायमान बनेर जानेको कुनै शंका देखिन्छ । अर्थतन्त्र चल्नका लागि पहिलो विषय क्यापिटल मार्केट नै चलायमान हुन जरुरी छ । स्टक मार्केट चलायमान हुने बित्तिकै घरजग्गाको कारोबार चलायमान हुन्छ र सबै क्षेत्रमा सहज बन्छ भन्नेमा हामी ढुक्क छौ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?