काठमाडौं । आज काठमाडौंमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ।
सहकारी ठगीमा संलग्नहरुलाई कारवाहीमा माग गर्दै र सर्वसाधारणको बचत फिर्ताको माग सहित कांग्रेसले प्रदर्शन गर्न लागेको हो।
संसदमा निरन्तर अवरोध गर्दै आएको कांग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि सडकमा उत्रिन लागेको हो ।

































