National life

ऋणको मुख्य कारोबार गर्ने सहकारीको सभामा कडाइ, गैर सदस्यलाई प्रवेश ‘निषेध’

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ भदौ २०८२, बिहिबार
1.3kShares
ऋणको मुख्य कारोबार गर्ने सहकारीको सभामा कडाइ, गैर सदस्यलाई प्रवेश ‘निषेध’
ncell

काठमाडौँ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई लक्षित गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले साधारण सभा सञ्चालनसम्बन्धी निर्देशन जारी गरेको छ।

जस अनुसार, सहकारी ऐन २०७४ को दफा ३९ (२) र १०३ (ज) अनुसार जारी गरिएको यो निर्देशनले साधारण सभालाई सदस्य (केन्द्रित र मितव्ययी बनाउन जोड दिएको छ। प्राधिकरणका अनुसार अब सहकारीको साधारण सभामा सहकारीको दर्ता, नियमन, अनुगमन र सुपरिवेक्षण गर्ने निकायका गैर सदस्य कर्मचारी वा पदाधिकारी सहभागी हुन वा गराउन पाइने छैन।

साथै, यस्तो अवस्था स्वार्थको द्वन्द्व (Conflict of Interest) मानिने चेतावनी दिइएको छ।

Royal Enfield
nic asia capital
निर्देशनअनुसार उद्घाटन सत्र वा औपचारिक कार्यक्रममा गैरसदस्यलाई लामो समयसम्म व्यस्त नगराई सिधै छलफल एजेन्डामा प्रवेश गर्नुपर्ने छ। परामर्श वा सदस्य शिक्षाका लागि मात्र न्यूनतम संख्यामा गैर सदस्य प्रतिनिधि बोलाउन सकिने उल्लेख गरिएको छ । नयाँ कार्यसमिति निर्वाचित गर्नुपर्ने अवस्थामा निर्वाचन सम्पन्न गर्न आवश्यक जनशक्ति मात्र सहभागी गराउन पाइने व्यवस्था थप गरिएको छ ।

प्राधिकरणले सहकारीको खर्च कटौतीमा विशेष जोड दिँदै साधारण सभामा भोजभतेर, अतिथि उपहार, यातायात खर्च वा अन्य फजुल खर्च नगर्न निर्देशन दिएको छ। आवश्यक परेमा सदस्यहरूको सामान्य खाजा वा खाना मात्र उपलब्ध गराउन सकिनेछ। यस्तै, साधारण सभा सहकारी संस्थाको कार्यक्षेत्रभित्र सदस्यलाई सहज हुने स्थानमा आयोजना गर्नुपर्ने प्रावधान राखिएको छ। साधारण सभा सम्पन्न भएलगत्तै एक महिनाभित्र प्राधिकरणमा इमेलमार्फत संक्षिप्त प्रतिवेदन बुझाउनुपर्ने बाध्यता पनि तोकिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?