National life

एनआईसी एशिया क्यापिटलको नवौं वार्षिक साधारण सभा सम्पन्न, ५० % नगद लाभांश पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ भदौ २०८२, बुधबार
1.1kShares
एनआईसी एशिया क्यापिटलको नवौं वार्षिक साधारण सभा सम्पन्न, ५० % नगद लाभांश पारित
ncell

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा आज मिति २०८२ साल भाद्र १८ गते बुधवार सम्पन्न भएको छ । सभा क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न भएको हो ।

उक्त सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

Royal Enfield
nic asia capital
उक्त सभामा सञ्चालक समितिको अध्यक्ष सन्तोष कुमार राठीले रु.२० करोड चुक्ता पुँजी भएको क्यापिटलले समीक्षा अवधिमा रु.३० करोड ६० लाख भन्दा बढी आम्दानी गरी रु.११ करोड ६४ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको ब्यहोरा जानकारी दिएका छन् ।

त्यसैगरी व्यवसाय तर्फ आषाढ मसान्त, २०८२ सम्म ८ लाख डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तर्गत ४ वटा बन्द मुखी र एउटा खलामुखी योजना गरी जम्मा ५ वटा योजना मार्फत रु.५ अर्ब ४५ करोड भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको हो।

लगानी व्यवस्थापन सेवा अन्तर्गत ७२० जना ग्राहकहरूबाट रु.२ अर्ब ७० करोड भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको शेयर रजिस्ट्रार सेवा अन्तर्गत २३ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा “IDEA to IPO” सेवा अन्तर्गत १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको ब्यहोरा समेत सभालाई जानकारी गराएका छन् ।

साथै क्यापिटलले नवौँ वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्नो शेयर धनीलाई हालसम्म (२९०) प्रतिशत रिर्टन वितरण गर्न सफल भएको ब्यहोरा जानकारी गराएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?