National life

एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याजदर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० चैत २०८०, शुक्रबार
558Shares
एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याजदर ?
ncell

काठमाडौं । एनआईसी एशिया बैंकले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको छ । जुन चैत महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ९.३३ प्रतिशतले कम हो ।

Royal Enfield
nic asia capital
बैंकले चैत महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७ प्रतिशत,३ महिनादेखि १२ महिनाका लागि ७.१० प्रतिशत,१२ महिनाका लागि ७.७५० प्रतिशत,१२ देखि १८ महिनासम्मका लागि पनि ७.७५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि पनि ७.७५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । चैत महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ७.५४८ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले वैशाख महिनाका लागि भने अधिकतम ६.७०० प्रतिशत प्रदान गर्ने भएको छ ।

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ६.३५० प्रतिशत र १२ महिना वा १२ महिनादेखि १८० महिनासम्मका लागि ६.७०० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?