National life

एभरेष्ट बैंकद्वारा फिदिम र फुङलिङमा आफ्नो १३०औं र १३१औं शाखा शुभारम्भ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ पुस २०८१, शुक्रबार
1.3kShares
एभरेष्ट बैंकद्वारा फिदिम र फुङलिङमा आफ्नो १३०औं र १३१औं शाखा शुभारम्भ
ncell

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडद्वारा फिदिम र फुङलिङमा आफ्नो १३०औं र १३१औं शाखा शुभारम्भ गरेको छ ।

एभरेष्ट बैंक कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ पुस ११ गतेका दिन फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औं शाखा र पुस १२ गतेका दिन फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा १३१औं शाखाको शुभारम्भ गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यी दुई शाखाको सञ्चालन पश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ । यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरू मार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहक महानुभावहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ ।

पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?