काठमाडौं । काठमाडौंस्थित केन्द्रीय कार्यालय रहेको एक अग्रणी राष्ट्रियस्तरको विकास बैंकले Chief Credit Officer (Deputy General Manager) पदका लागि दरखास्त आह्वान गरेको छ। बैंकले योग्य तथा अनुभवी नेपाली नागरिकहरूबाट आवेदन माग गर्दै आवश्यक योग्यता तथा अनुभवका मापदण्ड सार्वजनिक गरेको छ।
बैंकका अनुसार आवेदकसँग कम्तीमा १५ वर्षको बैंकिङ अनुभव हुनुपर्नेछ। तीमध्ये कम्तीमा ५ वर्ष कर्पोरेट तहको क्रेडिट क्षेत्रमा काम गरेको अनुभव अनिवार्य छ।
शैक्षिक योग्यताका लागि व्यवस्थापन, अर्थशास्त्र वा सम्बन्धित विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्ट (CA) उत्तीर्ण गरेको उम्मेदवार योग्य ठहरिनेछन्। इच्छुक उम्मेदवारहरूले आफ्नो CV सहित dgmvacancy@gmail.com मा आवेदन पठाउन सक्ने बैंकले जनाएको छ। आवेदन दिने अन्तिम मिति December 12, 2025 तोकिएको छ।






































