National life

कामना सेवाले पायो अग्राधिकार सेयर जारी गर्ने अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१५ मंसिर २०८२, सोमबार
385Shares
कामना सेवाले पायो अग्राधिकार सेयर जारी गर्ने अनुमति
ncell

काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको रु.१०० अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्काशनका लागि अनुमति प्रदान गरेको छ ।

विकास बैंकको १८ औं वार्षिक साधारणसभावाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्रबैंकको स्वीकृती लिई धितोपत्र बोर्ड समक्ष स्वीकृतिका लागि पेश गरेको थियो ।

उक्त अग्राधिकार शेयर जारी गरेसँगै विकास बैंकको पूँजीगत संरचना थप सुदृढ भई पुँजीकोष बढ्न जाने तथा व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार शेयरमा लगानीको उचित माध्यम हुनेछ ।

नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरणका लागि हकप्रद शेयरको विकल्पको रुपमा सर्कुलरमार्फत अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्न बाटो खुलाएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
385SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?