काठमाडौँ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय रिपोर्ट हेर्दा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ वटाले मात्रै १० प्रतिशतभन्दा बढी लाभांश दिने क्षमता देखिन्छ ।
वित्तीय विवरणमा देखिएको लाभांश क्षमताका आधारमा कुन बैंकले कति लाभांश बाँड्नसक्छन् भन्ने कुरा देखिने भएकोले सोही आधारमा लगानीकर्ताले कम्पनीका सेयरहरुमा खरीदबिक्रीको निर्णय लिने गर्दछन् ।
लाभांश क्षमतामा सबैभन्दा बढी लाभांश दिने क्षमता एभरेष्ट बैंकले राख्छ ।
दोस्रोमा एनआइसी एशिया बैंकले ३१.९९ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । यो बैंकले पुँजीकोष अनुपात नपुगेका कारण अघिल्लो वर्षको नाफाबाट गत वर्ष लाभांश दिन पाएको थिएन ।

लाभांश क्षमतामा स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि माथि देखिएको छ । यो बैंकले २८ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिन्छ। त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट २८.९९ प्रतिशत लाभांश दिने क्षमता राख्छ भने माछापुच्छ्रे बैंकले १५.२९ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
त्यस्तै, नविल बैंकको लाभांश क्षमता १४.६४ प्रतिशत छ । त्यसैगरी, कृषि विकास बैंकको १०.०६ प्रतिशत लाभांश दिने क्षमता छ । सानिमा बैंकले ९.९८ प्रतिशत लाभांश दिने क्षमता राख्छ भने लक्ष्मी सनराइज बैंकले ८.९४ प्रतिशत, ग्लोबल आइएमइ बैंकले ८.२७ प्रतिशत र एनएमबि बैंकले ८.१८ प्रतिशत लाभांश दिने क्षमता राख्छ । एसबीआई बैंक१३.९३ र राष्ट्रिय वाणिज्य बैंक९११.५९ रहेका छन् । यीमध्ये राष्ट्रिय वाणिज्य बैंकको नेप्सेमा कारोबार हुँदैन ।
त्यस्तै, सिटिजन्स बैंकले ७.३ प्रतिशत, नेपाल बैंकले ६.६२ प्रतिशत, सिद्धार्थ बैंकले ५.६४ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
२० वाणिज्य बैंकमध्ये हिमालयन बैंक र कुमारी बैंकको लाभांश दिने क्षमता ऋणात्मक छ । प्राइम बैंकले १ प्रतिशत, प्रभु बैंकले ०.६४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.४६ प्रतिशत लाभांश दिने क्षमता राख्छन् ।
































