काठमाडौँ। कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि कुल १३ हजार ८८८ कित्ता संस्थापक सेयर बिक्रीका लागि उपलब्ध गराएको हो।
उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य हुनेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।
आवेदन बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा पुग्ने गरी बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम कायम हुने बैंकले जनाएको छ। निर्धारित समयसीमाभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नआएमा, संस्थापक सेयरधनी बाहेक अन्य व्यक्तिहरूलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकको सूचनामा उल्लेख छ।






































