काठमाडौँ। कुमारी बैंकले ७ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ।
बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएको आधारमा बैंकले सेयर बिक्री प्रक्रिया सुरु गरेको जनाएको छ ।
बैंकले प्रारम्भिक चरणमा उक्त सेयर केवल विद्यमान संस्थापक सेयरधनीले मात्र किन्न पाउने व्यवस्था गरेको छ। इच्छुक संस्थापक सेयरधनीहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।
निर्धारित समयसीमा भित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नआएमा, बैंकले सेयरलाई अन्य सर्वसाधारणका लागि बिक्री प्रक्रिया अघि बढाउने जनाएको छ।


































