National life

कुमारी बैंकले ल्यायो ‘दशै दक्षिणा अफर’

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ असोज २०८१, सोमबार
604Shares
कुमारी बैंकले ल्यायो ‘दशै दक्षिणा अफर’
ncell

काठमाडौं । कुमारी बैंकले विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीलाई शुभकामना स्वरुप ‘दशै दक्षिणा अफर’ ल्याएको छ ।

घटस्थापना देखि महानवमी सम्मको ९ दिनका लागि दशैँ उत्सव क्यासब्याक सञ्चालन गरिरहेको बैंकले विजया दशमीको दिनमा मोबाईल बैंकिङबाट रकम ट्रान्सफर गर्ने १ हजार सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रू. ५० दक्षिणा प्रदान गर्ने भएको छ ।

त्यसैगरी एकादशी देखि कोजाग्रत पूर्णिमा सम्मको ४ दिन बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङमार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम रू ५०१ बराबरको दशंै दक्षिणा प्राप्त गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लाभान्वित सेवाग्राहीको संख्या बढाउन विहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ ।

यस प्रोत्साहनले सेवाग्राहीमा चाडबाडमा हुने वित्तीय कारोबारहरु विद्युतिय भुक्तानीका माध्यमबाट आकर्षित गरी डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने समेत बैंकले प्रतिबद्धता जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?