National life

गरिमा विकास बैंकको नयाँ लोगो र छाप सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०१ माघ २०८२, बिहिबार
791Shares
गरिमा विकास बैंकको नयाँ लोगो र छाप सार्वजनिक
ncell

काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई थप सशक्त र समयसापेक्ष बनाउने उद्देश्यका साथ नयाँ लोगो तथा छाप सार्वजनिक गरेको छ। बैंकले २०८२ माघ १ गते, बिहीबारदेखि लागू हुने गरी आफ्नो आधिकारिक लोगो र छाप परिवर्तन गरेको जानकारी दिएको हो।

बैंकको दीर्घकालीन रणनीतिक योजनाअनुसार, गत २०८२ कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाले लोगो र छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। सोही निर्णय र आवश्यक कानुनी प्रक्रियाहरू पूरा गरी बैंकले नयाँ पहिचानलाई औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आधुनिकता र विश्वसनीयताको प्रतिबिम्ब

बैंकको अनुसार नयाँ लोगोले आधुनिक बैकिङको आभास दिनुका साथै सरल पहिचान र विश्वसनीय सेवाप्रतिको अटुट प्रतिबद्धतालाई झल्काउनेछ। समयको पदचापसँगै बैंकले आफ्नो स्वरूपमा परिमार्जन गरेर ग्राहकहरूमाझ थप ऊर्जावान् र सुदृढ रूपमा प्रस्तुत हुन खोजेको देखिन्छ।

लोगो परिवर्तनको अवसरमा बैङ्कले आफ्ना सम्पूर्ण ग्राहक, लगानीकर्ता र सरोकारवालाहरूलाई निरन्तर सहयोग र विश्वासका लागि धन्यवाद ज्ञापन गरेको छ। साथै, आगामी दिनहरूमा अझ प्रभावकारी, प्रविधिमैत्री र गुणस्तरीय बैङ्किङ सेवा प्रदान गर्ने प्रतिबद्धता समेत बैङ्कले व्यक्त गरेको छ। हाल गरिमा विकास बैङ्कले देशका विभिन्न स्थानमा रहेका आफ्ना शाखाहरूमार्फत आधुनिक बैङ्किङ सुविधाहरू प्रदान गर्दै आइरहेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
791SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?