काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैंकिङ एप “गरिमा डिजि बटुवा” मार्फत नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ।
बैंकका ग्राहकहरू नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपछि आफ्नो मोबाईल बैंकिङ एपमार्फत यो सेवा सुचारु गर्न सक्नेछन्। यस भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोनपे नेटवर्कमा रहेका कुनै पनि QR कोडबाट सजिलै भुक्तानी गर्न सक्नेछन्।
यस भर्चुअल क्रेडिट कार्डको न्यूनतम क्रेडिट सीमा रु. १०,००० र अधिकतम रु.
भौतिक कार्ड नभई मोबाइल एपमा मात्र उपलब्ध यस सेवाले ग्राहकलाई थप सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
हाल गरिमा विकास बैंकका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएमका साथै नविनतम डिजिटल बैंकिङ सेवाबाट सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ।






























