काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशतका दरले (कर प्रयोजनसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुनेछ। बैंकले यो निर्णयले शेयरधनीहरूको लगानीमा निरन्तर प्रतिफल सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ।































