काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकलाई आइफोन १७ प्रदान गर्नेछ । साथै, यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखे वापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्ने समेत अवसर रहेको छ ।
यो योजना मंसिर १५, २०८२ देखि पौष २५, २०८२ सम्म लागू रहनेछ ।
बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ । अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पु¥याउँदै आएको छ ।






































