National life

ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० भदौ २०८२, शुक्रबार
965Shares
ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’
ncell

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत बेस्ट बैंक अवार्ड पाएको छ।

मंगलबार सिंगापुरमा आयोजित विशेष समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई अवार्ड हस्तान्तरण गरेका हुन्।

ग्राहकलाई उपलब्ध गराइएका सेवा, वित्तीय अवस्था, प्रविधि, सुशासन र सामाजिक उत्तरदायित्वलगायत क्षेत्रमा देखाएको उत्कृष्ट कार्यसम्पादनका आधारमा यो अवार्ड प्रदान गरिएको हो।

यससँगै ग्लोबल आइएमई बैंकले तेस्रो पटक युरो मनी बेस्ट बैंक अवार्ड हात पारेको छ।

Royal Enfield
nic asia capital
यसअघि सन् २०२२ र २०२४ मा पनि बैंकले सो अवार्ड जितिसकेको थियो। ग्लोबल आइएमई बैंक देशभर सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
965SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?