National life

दसैँको मुखैमा आएर सानिमा बैंकले ७.३६ प्रतिशत नगद लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असोज २०८२, आइतबार
1.3kShares
दसैँको मुखैमा आएर सानिमा बैंकले ७.३६ प्रतिशत नगद लाभांश घोषणा
ncell

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना सेयरधनीहरुलाई नगद लाभांश दिने घोषणा गरेको छ। असोज ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकको हालको चुक्तापूँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ।

Royal Enfield
nic asia capital
सोही आधारमा बैंकले घोषणा गरेको लाभांश स्वीकृत भएमा करकट्टीपछि सेयरधनीहरुले उक्त अनुपातमा नगद लाभांश पाउनेछन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिनेछ। साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुले लाभांश प्राप्त गर्ने व्यवस्था हुनेछ।

सानिमा बैंकले पछिल्ला वर्षहरुमा स्थिर रुपमा लाभांश वितरण गर्दै आएको छ। यस पटकको प्रस्तावित लाभांशलाई लगानीकर्ताले सकारात्मक रुपमा लिने अनुमान गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?