पोखरा । नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सीईओ आदर्श बजगाईंले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् ।
ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप काठमाडौँ उपत्यका बाहिर पहिलोपटक लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, बौद्ध र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
लाउञ्ज उद्घाटन गर्दै डेपुटी सीईओ बजगाईंले भने, “ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौं । यसबाट हाम्रा ग्राहकले व्यक्तिगत तथा सहजरुपमा उच्चस्तरीय बैंकिङ सेवा अनुभव गर्न पाउने छन् ।”
नबिल प्रायोरिटी बैंकिङसम्बन्धी थप जानकारीका लागि बैंकको वेबसाइट https://www.nabilbank.com/individual/savings-deposits-individual/priority-banking मा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।


































