National life

नबिल बैंकको नाफा ७ अर्ब ५२ करोड,प्रति शेयर वितरणयोग्य नाफा कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ साउन २०८०, आइतबार
517Shares
नबिल बैंकको नाफा ७ अर्ब ५२ करोड,प्रति शेयर वितरणयोग्य नाफा कति ?
ncell

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा ७६ दशमलव ८६ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

असारसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १०१.६३% र सञ्चालन नाफा ७५.३७% बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड रहेको छ । यसको आधारमा कम्पनीको प्रति शेयर वितरणयोग्य नाफा (लाभांश क्षमता) १४ रुपैयाँ ६४ पैसा रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी २७ रुपैयाँ ८२ पैसा र प्रति शेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा रहेको छ ।

२७ अर्ब ५ कराड करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २१.६५ प्रतिशत बढेको छ भने कर्जा लगानी १०.८२ प्रतिशत बढेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?