काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले कुल १ लाख ९२ हजार ७७७ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको हो।
बैंकका अनुसार, हालको चरणमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्र यी सेयर खरीद गर्न सक्नेछन्। इच्छुक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको भरतपुरस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
यदि तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै निवेदन प्राप्त नभएमा वा सम्पूर्ण सेयर बिक्री नभएमा, बैंकले ती सेयर सर्वसाधारणका लागि खुला बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

































