काठमाडौं । आज मंगलवारका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ बैंकको बोनस सेयर सूचीकृत भएको छ। प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको बोनस बापतको सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
जसमा प्राइम बैंकको १ करोड ५५ लाख २२ हजार ६०.५७ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको १७ लाख ७८ हजार १२७.८६ कित्ता सेयर रहेको छ।
अघिल्लो वर्षका लागि आफ्ना सेयरधनीहरुलाई प्राइम बैंकले ८ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।



































