काठमाडौँ। प्रभु बैंकले संस्थापक शेयर धनीको नाममा रहेको ३१ लाख ९१ हजार १०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। जसमा २३ लाख ७४ हजार १०९ कित्ता संस्थापक सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् ।
यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज ९माघ २३ गते० बाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा निवेदन पेश गर्नु पर्नेछ। यसअघि बैंकका विद्यमान संस्थापकहरूलाई सेयर बिक्री खुला गरेकोमा आवेदन नपरेको कारण बैंकले जोकोहीका लागि आवेदन दिन मिल्ने व्यवस्था गरेको हो ।
यस्तै, बैंकले संस्थापक शेयर धनीको नाममा रहेको ८ लाख १६ हजार ९९९ कित्ता संस्थापक सेयर पनि बिक्रीमा ल्याएको छ। यसमा भने बैंकका विद्यमान संस्थापक शेयर धनीले मात्र आवेदन दिन सक्नेछन् ।
यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज ९माघ २३ गते० बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक शेयर धनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।


































