National life

प्रभु बैंक लिमिटेड र इला होटल्स एण्ड रिसोर्ट्स-मौलाकाली केबलकारबीच समझदारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ जेठ २०८२, सोमबार
724Shares
प्रभु बैंक लिमिटेड र इला होटल्स एण्ड रिसोर्ट्स-मौलाकाली केबलकारबीच समझदारी
ncell

काठमाडौँ । प्रभु बैंक लिमिटेड (पीबीएल) र इला होटल्स एण्ड रिसोर्ट्स / मौलाकाली केबलकार लिमिटेडबीच आज एक विशेष समझदारीपत्र (एमओयूओ) मा हस्ताक्षर भएको छ । यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्स / मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्ने भएको छ ।

समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत श्रीमती सांग्रLला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स / मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन् । यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले खानपानमा १० प्रतिशत छुट, केबलकार टिकटमा २० प्रतिशत छुट र आवास सेवामा १० प्रतिशत छुट र केबलकार यात्रा निःशुल्क विशेष सुविधाहरू प्राप्त गर्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम शुरु गरेको छ । जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । ग्राहक तथा कर्मचारीहरूलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्वपूर्ण उपलब्धि हो ।

"बैंक अफ द इयर २०२३" को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरुलाई विश्वास लिन्छौं, विश्वास दिन्छौँ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै प्रभु बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?