National life

फरवार्ड माइक्रोफाइनान्स घाटामा,पीई रेसियो २८.६८ गुणाले ऋणात्मक 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ मंसिर २०८०, आइतबार
644Shares
फरवार्ड माइक्रोफाइनान्स घाटामा,पीई रेसियो २८.६८ गुणाले ऋणात्मक 
ncell

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

जस अनुसार संस्थाले प्रथम त्रैमासमा ११ करोड ९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा ६ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो।

प्रथम त्रैमासको संस्थाको खुद ब्याज आम्दानी पनि घटेर २६ करोड ९५ लाख रुपैयाँमा सीमित बनेको छ।

Royal Enfield
nic asia capital
अघिल्लो वर्ष संस्थाले २९ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

संस्थाले मसान्तसम्म १० करोड ५१ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि संस्थाले ९ करोड ३५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो।

माइक्रोफाइनान्सको खराब कर्जा अनुपात (एनपीएल) बढेर ६.२५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल २.६० प्रतिशत थियो। खराब कर्जा बढेपछि संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ३० करोड ४९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष पनि संस्थाले ८ करोड ५५ लाख रुपैयाँ नै इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्ज पनि बढेपछि संस्था घाटामा गएको हो। संस्थाले यस वष त्रैमासको अवधिमा संस्थाले ८ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने अघिल्लो वर्ष यही अवधिमा ८ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङमा ६० करोड ८८ लाख रुपैयाँ रहेको छ। रिजर्भको आकार भने १९.६२ प्रतिशतले बढेर १ अर्ब १४ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ९५ करोड ३० लाख रुपैयाँ थियो।

संस्थाको पीई रेसियो २८.६८ गुणाले ऋणात्मक रहेको तथ्यांकमा उल्लेख छ भने प्रतिसेयर नेटवर्थ २६५.६८ रुपैयाँ रहेको छ प्रतिसेयर आम्दानी (ईपीएस) ४२.०६ रुपैयाँले ऋणात्मक रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?