National life

साङ्ग्रिला बैंकद्धारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ साउन २०८२, सोमबार
490Shares
साङ्ग्रिला बैंकद्धारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
ncell

साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेड साँफेबगर शाखाले बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तरगत बैङ्कले अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको हो । बिहिवार साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेड साँफेबगर शाखाका प्रमुख अनुपमन महराले अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठकलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सेवा प्रत्येक नागरिकको मौलिक अधिकार हो भन्ने विश्वासका साथ दूर दराज क्षेत्रका बिरामीहरूको उपचारमा सहयोग पुगोस् भनेर अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई हस्तान्तरण गरिएको शाखा प्रमुख महराले बताए ।

ग्रामीण तथा सुदूर वर्ती क्षेत्रका नागरिकहरूलाई सहज र गुणस्तरीय सेवा प्राप्त होस् भन्ने उद्देश्यले बैङ्कले यस्ता कार्य गरिरहेको र बयालपाटा जस्तो समर्पित स्वास्थ्य संस्थालाई सहयोग गर्न पाउनु सम्मान महसुस गरेको महराको भनाई छ।

Royal Enfield
nic asia capital

उनले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता जस्ता सामाजिक क्षेत्रहरूमा योगदान पुर्‍याउने र अस्पतालसँग पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?